News

नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलीयाले पोले प्रधानमन्त्रीको नाम

नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलीयाले पोले प्रधानमन्त्रीको नाम

नेपालीलाई भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने गिरोहले प्रधानमन्त्री समेतको नाम लिएको छ। वुधवार पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाँडलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने क्रममा विचौलियाले प्रधानमन्त्रीको नाम लिएका हुन।

खाणले आफुले कसैलाई ठगी नगरेको र निर्दोश रहेको अडान लिएपछि प्रहरीले मंगलवार पक्राउ गरेका बिचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई बोलाएको थियो। ‘तिमीहरुले पैसा कसलाई दियौ ?’ भनेर प्रहरीले प्रश्न गरेपछि उनीहरुले ‘हामीले जसलाई पैसा दिएका थियौं, उनीहरुले मन्त्रीलाई, गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भनेका थिए’ भन्दै जवाफ दिएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले अवैध ठहर गर्दै ०७८ वैशाख २८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको थियो। सोही सरकारमा खाँड गृहमन्त्री बनेका थिए।

ठगी गर्ने गिरोहले गृहमन्त्रालयमै गएर मन्त्री खाँणलाई पैसा वुझाएको वताएका छन् भने ६ करोड रुपैयाँ उनको घरमा गएर खाँणकी पत्नि मञ्जुलाई वुझाएको दावी गरेका छन्।

म्याद थपका लागि अदालत लानुअघि सरकारी वकिलको कार्यालयमा लगिएका खाँणले ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्नै नमिल्ने’ तर्क पनि गरेका थिए। ‘जब कोही पनि विदेश नै गएका छैनन् भने कसरी ठगेको हुन्छ ?’ भन्दै उनले प्रश्न गरेको प्रहरी स्रोतले जनाएको छ।

खाँणलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट स्वकीय सचिव नरेन्द्र केसीसहित पक्राउ गरेको हो।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

भुटानी शरणार्थी

विशेष