News

शरणार्थी प्रकरणमा देउवा सकृय, वयान फेर्न महान्यायाधिवक्ता र ठेकेदार परिचालन

वयान फेर्नु परे आत्मदाह गर्ने सानु भण्डारीको धम्कीले खाँड दम्पत्ति र आरजु संकटमा 

शरणार्थी प्रकरणमा देउवा सकृय, वयान फेर्न महान्यायाधिवक्ता र ठेकेदार परिचालन

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा हाई प्रोफाईल नेताहरु मुछिन थालेपछि सवै दलका शिर्ष नेता संलग्नहरुलाई वचाउने खेलमा लागेका छन्। एमाले नेताको मात्रै नाम सार्वजनिक हुँदा दबाव पूर्ण अभिब्यक्ति दिदै आएका माओवादी र कांग्रेसका नेताहरुको पनि बोली र ब्यवहार फेरिएको छ।

कांग्रेस नेताहरू बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जु खाण, सभापति शेरबहादुर देउवापत्नी आरजु राणा र रामहरी खतिवडाको नाम जोडिएपछि राजनीतिक वृत्त नै तरंगित भएको छ। ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहालले खाँड दम्पत्ति, राणा र खतिवडाले करोडौँ रकम लिएको बयान दिएका छन् ।

तर, उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गर्ने र बयानका लागि बोलाउने काम भएको छैन। वरु उनीहरु नै ठुला कुरा गरिरहेका छन्। आरजुले संसदमै ‘भिक्टिम कार्ड’ प्रयोग गरेर आफु निर्दोश रहेको प्रमाणित गर्ने प्रयास गरिन। उनले एउटा नारीले आफनो हैसियतमा राजनीति गरेकोमा सह्य नभएको भन्दै गुनासो गरिन। मञ्जु भने आफु निर्दोश रहेको प्रमाणित गर्ने भन्दा समाचार र अडियो प्रकाशित गर्ने मिडियालाई कारवाही गराउन प्रेस काउन्सिलतिर लागेकी छिन्। तर उनले आफु निर्दोश भएको पुष्टि भने गर्न सकेकी छैनन।

यसैगरी, रामहरी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहर भए राजनीतिक जीवन परित्याग गर्ने घोषणा गरेका छन्। यसरी, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै मुछिने गरी भएको यो प्रकरणबारे कांग्रेस अहिले अहिलेसम्म बोलेको छैन। ब्यक्तिगत रुपमा केही नेताले दोषीलाई कारवाही गर्नुपर्छ भनेपनि केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठक बोलेको छैन।

बरु, प्रकरणका मुछिएका नेताहरुलाई जोगाउने खेल सुरु भएको छ। घटनामा मुछिएका नेतालाई जोगाउन देउवा नै सक्रिय भएको कांग्रेसकै नेताहरु वताउँछन्। देउवाले महान्यायाधीवक्ता दीनमणि पोखरेल र नेता तथा ठेकेदार आङटावा शेर्पालाई परिचालन गरेका छन्।

विचौलियाको आरोपमा पक्राउ परेका सानु भण्डारीले वयानका क्रममा खाँड, राणा र खतिवडाको नाम लिएपछि उनको वयान फेर्न महान्यायाधिबक्ता पोखरेल आफै सकृय भएको जनाईएको छ। सरकारी वकिलको कार्यालयमार्फत पोखरेलले फेरिएको बयानमा भण्डारीलाई हस्ताक्षर गर्न लगाएका थिए । तर, भण्डारी फेरिएको बयानमा हस्ताक्षर गर्न नमानेको र आफूले भनेअनुसार बयान नलेखिए आत्मदाह गर्नेसम्मको धम्की दिएका स्रोतको दावी छ।

यता, नेता खाँणलाई नमुछ्न भन्दै कांग्रेस नेता तथा ठेकेदाद शेर्पा प्रहरी हिरासतमै पुगेर भण्डारीलाई भेटेको स्रोतले जनाएको छ। यसरी प्रकरणलाई राजनीतिक तहबाट सेटल गराउने खेल भइरहेका कारण पनि कांग्रेसले औपचारिक धारणा नै सार्वजनिक गर्न नसकेको जनाईएको छ। एमाले नेताको मात्रै नाम आउँदै फेसवुकमा दबाबपूर्ण स्ट्याटस लेखेका कांग्रेस महामन्त्री गगन थापा पनि पछिल्लो समय बोल्न छोडेका छन्।

भुटानी शरणार्थी

विशेष