News

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ 

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ 

पूर्वगृह मन्त्री एवम नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण मैजुबहालस्थित निवासबाटै पक्राउ परेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी धन्दा चलाएको काण्डमा नाम जोडिएका खाँडलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गृहमन्त्री भएका खाँडले विभिन्न समयमा गरी ५० लाख र श्रमती मार्फत ६ करोड लिएको आरोप छ। खाणले आफु मन्त्री भएपछि तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई हटाएर टेकनारायण पाण्डेलाई ल्याएपछि यो प्रकरणमा उनको संलग्नता देखिन थालेको छ।

गृहमा पीडितहरुले उजुरी दिएको र केही व्यक्ति भेट्न पनि गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेका थिए। ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले कांग्रेसका एक सांसद मार्फत खाँड पत्नि मञ्जु खाणसम्म यो कुरा पुर्याएको पाईएको छ।

यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहबाट पैसा धुत्ने क्रममा तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन आफै गर्नुपर्ने बताएपछि मन्त्री खाँणसँग कुराकानी गरेको पाईएको छ। 

यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ ।

सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।

यता, खाँड पत्नि मञ्जुलाई घरमै गएर ६ करोड रुपैयाँ वुझाएका उनीहरुले दावी गरेका छन्।

यो पनि,

बालकृष्ण खाँण भुटानी शरणार्थी

विशेष