News

चुकुल लगाएर लुक्दा पनि जोगिएनन् खाँड, आफनै गल्तीले पक्राउ

मोवाईल अफ गरेपछि भाग्न सक्ने आशंकामा पक्राउ

चुकुल लगाएर लुक्दा पनि जोगिएनन् खाँड, आफनै गल्तीले पक्राउ

आफुलाई पक्राउ गर्न घरमा प्रहरी आएको चाल पाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँड चुकुल लगाएर बसेको पाईएको छ।

प्रहरी अधिकारीहरूका अनुसार जरूरी पुर्जी बोकेर प्रहरीहरू बुधबार ९ बजे मैजुवहाल स्थित खाँडको घरमा पुगेका थिए। पक्राउ गर्न प्रहरी आएको चाल पाएपछि उनी चुकुल लगाएर भित्रै बसेको प्रहरीले जनाएको छ।

भित्र कोठामा रहेका पूर्वगृहमन्त्री खाणले त्यहाँबाट विभिन्न व्यक्तिलाई फोन गर्न थालेको सुरक्षा स्रोतको दाबी छ। धेरै बेर फोनमा अलमलिएपछि अन्ततः उनी पक्राउ परेका थिए।

खाँड आफनै गल्तीले पक्राउ परेको पाईएको छ। दुई दिनअघि प्रहरीमा बयान दिएर फर्किएका उनी प्रहरीको निगरानीमा त थिए तर पक्राउ गर्ने योजना थिएन। तर, उनले मंगलवार एकाएक मोवाईल स्विच अफ गरेपछि भाग्नसक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

अदालतबाट पक्राउ पुर्जी लिनु पर्ने भएपनि उनी भाग्न र लुक्नसक्ने आशंकाले प्रहरीले नै जारी गर्ने जरूरी पुर्जी थमाएर उनलाई पक्राउ गरिएको पाईएको छ।

एमाले सचिव टोपबहादुर रायमाझीजस्तै खाण पनि लुक्न वा भाग्न सक्ने आशंकामा सुरूमा जरूरी पुर्जी थमाउने र त्यसपछिमात्र अदालती प्रक्रियामा पुग्ने निर्णय गरेको प्रहरी उच्च स्रोतले बतायो। यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

बालकृष्ण खाँड भुटानी शरणार्थी

विशेष