News

ओलीलाई जवाफ दिन प्रचण्डले खोलेको फायरले आरजुलाई सकस, देउवा तनावमा !

बालकृष्ण पक्राउ परेपछि प्रचण्ड र नारायणकाजीको प्रशंसा

ओलीलाई जवाफ दिन प्रचण्डले खोलेको फायरले आरजुलाई सकस, देउवा तनावमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विहानै एउटा ट्वीट गर्दै भुटानी शरणार्थी प्रकरणमा ठगी गरेको विषयलाई ठुला राजनीतिक दलले ढिसमिस वनाउन लागेको भन्दै चिन्ता ब्यक्त गरे। पछिल्ला केही दिनदेखि बाक्लिएको शिर्ष नेताहरुको भेटलाई आधार मान्दै अनुशन्धानलाई फतलो नवाउन उनले खवदारी पनि गरे।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको काण्डमा ठुला नेता नै मुछिएपछि मंगलबार पनि ठूला तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो। छलफलमा खाँणसँगै एमाले सचिव टोपबहादुर रायमाझी लगायत पात्रहरुबारे केन्द्रित भएका सूचनाहरु वाहिर आएका थिए।

यीनै कुराहरुलाई आधार मानेर लामिछानेले लेखे–‘शिर्षहरुको तिब्र भेटघाट, फरार(गराइएका) अझै गायब, नाम आएकाहरुको अनुसन्धान फितलो! खबरदार, अनुसन्धानले ठुला नेता र तिनका  सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला। प्रम ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!’

लामिछानेको यो ट्वीटपछि केही वेरमा पुर्वगृहमन्त्री एवम नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड पक्राउ परे। यो लगत्तै लामिछानेको अर्को ट्वीट आयो। उनले नेपाल प्रहरी, प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिए। ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’– उनले लेखे।

लामिछाने मात्र होईन, पछिल्लो समय पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुरु गरेको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’को अनुशन्धानलाई सर्वसाधरणले खुल्ला मनले समर्थन गरेका छन्। प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्धक्क लोकप्रिय काम गरेको भन्दै प्रशंसा भईरहेको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दामा खाँणकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद आरजु राणा देउवा पनि संलग्न रहेको आशंकामा प्रहरीले छानबिन गरिरहेको छ। पूर्व मन्त्री पक्राउ परेपछि आरजु र मन्जु पनि पक्राउ पर्न सक्ने सम्भावन वलियो वनेको छ। 

खाँडको पक्राउले सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन लागेर प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपलाई समेत खण्डन गरेको छ। ओलीलाई जवाफ दिनकै लागि पनि प्रधानमन्त्री दाहालले खाँडलाई नियन्त्रणमा लिने चुनौती उठाएको वताईन्छ। यसले एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी सम्पर्कमा आउन र ल्याउन समेत दबाव श्रृजना गरेको जानकारहरु वताउँछन्।

यो प्रकरणले जनमानसमा गिर्दै गएको माओवादीको साख पनि फर्काउने र यही काण्डबाट प्रधानमन्त्री दाहालको कार्यकाल पनि मापन गर्ने महत्वपूर्ण आधार बन्ने उनीहरु वताउँछन्।
 

भुटानी शरणार्थी

विशेष