News

टोपबहादुर रायमाझी एमालेबाट निलम्वित, अनुशन्धानमा सहयोग गर्ने एमालेको भनाई 

टोपबहादुर रायमाझी एमालेबाट निलम्वित, अनुशन्धानमा सहयोग गर्ने एमालेको भनाई 

नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेर पैसा असुल गरेको आरोप लागेका सचिव टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् सचिव रायमाझीलाई निलम्वन गरेको जानकारी दिएका छन् । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको विज्ञप्तिमा जनाईएको छ।

रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी वैशाख २० गतेदेखि नै फरार छन् । हाल उनी भारतको लखनउमा रहेको आशंका प्रहरीले गरेको छ। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

मंगलबार बसेको नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो । अधिकांशले नेताले उनलाई कारवाही गर्नु पर्ने आवाज उठाएपनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन्।

सत्ता पक्षले आफना नेतालाई जोगाउने र प्रतिपक्षलाई पेल्ने योजना वनाएको आरोप ओलीले लगाउँदै आएका थिए। तर, सत्ता गठवन्धनकै प्रभावशाली नेता एवम् पुर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि एमालेले रायमाझीलाई कारवाही गरेको अनुमान छ। खाँडको गिरफ्तारीले एमालेलाई नैतिक दवाव परेको जानकारहरु वताउँछन्।

विशेष