सडक बनाउन ल्याएको गिट्टीबाट कुकुरले मान्छेको टाउको झिकेपछि...

बैतडीको पाटन नगरपालिकामा सडक बनाउन ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ। कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको प्रहरीले जनाएको छ।
पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आज दिउँसो टाउको भेटिएको इलाका प्रहरी कार्यालय पाटनका इन्स्पेक्टर कमलप्रसाद चौधरीले जानकारी दिए।
गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको उनले वताएका छन्। टाउकोमा कपाल समेत रहेको तर, महिला वा पुरुष छुट्याउन नसकिएको उनको भनाई छ।
गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने नखुलेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।