News

खाँणको विषयमा कांग्रेस पदाधिकारी वैठक अनिर्णित

खाँणको विषयमा कांग्रेस पदाधिकारी वैठक अनिर्णित

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका नेता बालकृष्ण खाँणका विषयमा नेपाली कांग्रेसले आधिकारीक धारणा बनाउन सकेको छैन। खाँणलाई निलम्वन गर्नु पर्ने आवाज उठेपछि त्यस विषयमा निर्णय गर्न वोलाईएको पदाधिकारी वैठक निस्कर्ष विहिन भएको छ।

विहिवारको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनलाई निलम्बन गर्नुपर्ने विषय उठेको थियो। तर उक्त विषयमा कुनै निर्णय नभएको सहमहामन्त्री जीवन परियारले बताए। खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि परियारले बताए ।

कतै लुक्ने र भाग्ने नगरी पक्राउ परेर खाँणले प्रहरीको अनुसन्धानलाई सहयोग गरेको नेता परियारको दावी छ। 

पार्टीमा दुई महामन्त्रीसहित ठुलो समुह खाँणलाई निलम्वन गर्नु पर्ने पक्षमा छ। तर, सभापति देउवाले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्। सहमहामन्त्री परियारले कांग्रेस कहिल्यै पनि दोषीलाई उन्मुक्ति दिने पक्षमा नरहेको दाबी गरे । 
 

विशेष