News

वीर अस्पतालकी नर्सको मृत्यु प्रकरणमा कोशी अस्पतालका डाक्टर विरुद्ध जाहेरी

वीर अस्पतालकी नर्सको मृत्यु प्रकरणमा कोशी अस्पतालका डाक्टर विरुद्ध जाहेरी

वीर अस्पतालमा कार्यरत नर्सको मृत्यु प्रकरणमा विराटनगरको कोशी अस्पतालमा कार्यरत डाक्टर विरुद्ध किटानी जाहेरी परेको छ ।

नर्स अनुमा श्रेष्ठका परिवारले कोशीमा कार्यरत डाक्टर सुजन ढकालविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएको हो। प्रहरी वृत्त, बालाजुमा डा. ढकाल र उनका बाबुविरुद्ध परिवारले जोहरी दर्ता गराएको छ।

‘घटनाबारे विस्तृत अनुसन्धान प्रहरीले गरिरहेको छ’ डीएसपी मनोजित कुँवरले भने–‘शव त्रिवि शिक्षण अस्पतालमा छ ।’

भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. ढकालको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन् ।

वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत अनुमान मृत भेटिएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको थियो ।

नोटमा ४ वर्षदेखि प्रेम सम्वन्धमा रहेको र विवाह नभएको विषय उल्लेख गरिएको छ । पारिवारिक स्रोतका अनुसार डा. ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय श्रेष्ठले विवाह गर्न पटकपटक भन्दा ढकालले नमान्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पछिल्लो केही समययता नर्स श्रेष्ठ मानसिक समस्यामा रहेको अस्पताल स्रोतले जनाएको छ । उनी औषधि सेवन गर्दै मनोसामाजिक परामर्श पनि गराइरहेकी थिइन् । उनले यस अघि पनि विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिईन।

विशेष