बाजुरा केन्द्रविन्दु भएर विहानै भूकम्प

बाजुरा केन्द्रविन्दु भएर विहिवार विहानै ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिछ्या केन्द्रविन्दु भएर बिहान ५ बजेर १५ मिनेट जाँदा भूकम्प गएको हो।
यसअघि बैशाख २३ गते बाजुराकै बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपाल भूकम्पको बढी जोखिम देखाएको छ।