News

भारतमा गराएको उपचार खर्च आफ्नै खल्तीबाट तिर्न राष्ट्रपतिलाई गगन थापाको सुझाव

भारतमा गराएको उपचार खर्च आफ्नै खल्तीबाट तिर्न राष्ट्रपतिलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचार खर्चका विषयमा पप्ठ्यारोमा पारेका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दिएको अभिब्यक्तिका कारण राष्ट्रपति पौडेल समस्यामा परेका हुन। महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैंले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताए।

राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने थापाको भनाई छ। भारतबाट उपचार गरेर आईतवार मात्रै स्वदेश फर्केका पौडेललाई ‘उपचार खर्च आफैं व्यहोर्छु’ भनेर सार्वजनिक गर्न उनले आग्रह गरेका छन् ।

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुनु नहुने बताए ।

राष्ट्रपति हुनसाथ सवारी लश्कर त्यागेपछि चर्चा कमाएका पौडेललाई उपचारका लागि भारत जाँदा भने आलोचना भइरहेको छ। मंहगो शूल्क तिरेर एयर एम्बुलेन्समा भारत गएको र नेपालमा नै उपचार सम्भव हुँदा पनि विदेशमा उपचार गराएको भन्दै सामाजिक संजालमा पौडेलको आलोचना भइरहेको छ। यस्तै, राष्ट्रपतिसँगै भारतमा रहेका तीनजना कुरुवाहरुलाई पनि सरकारले भत्ता दिने र राजकोषको चरम दुरुपयोग हुने भन्दै आलोचना भइरहेको छ। 
 

विशेष