News

ओलीको दावीः ३ देखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसके

ओलीको दावीः ३ देखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसके

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म ३ देखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको दाबी गरेका छन्।

बिहीबारदेखि च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौ बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन। ‘अहिलेसम्म तीन सयदेखि चार सय नेपाली नक्कली भुटानी बनेर अमेरिका छिरिसकेका छन’, उनले भने, ‘यसबारेको विस्तृत विवरण म आगामी जेठ ४ गतेको संसद् बैठकमा सार्वजनिक गर्छु।’

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै दोषी देखाउन खोजिएपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यसमा संलग्न सबैलाई तान्न दबाब दिएको उनले बताए। 

‘यसमा हाम्रा सचिव टोपबहादुरजी र उहाँका छोराको नाम मात्रै लिइयो, दोषी उहाँहरु नै जस्तो गरेर हल्लाखल्ला गरियो’, उनले भने, ‘तर मैले प्रधानमन्त्रीलाई भेटेर यसमा बृहत् छानबिन गर्न भनेँ, त्यहीकारण अहिले अरु पनि छानबिनको दायरमा आइरहेका छन्।’

यो प्रकरणमा छानबिनका नाममा केही मन्त्री हिरो हुन खोजेको पनि उनले बताएका छन्। प्रहरीले गरिरहेको अनुसन्धानको जश आफूले लिएर केही मन्त्री हिरो बन्न खोजेको उनको भनाइ थियो। 
 

विशेष