News

भुटानी शरणार्थी प्रकरणः भ्रष्टाचारको कालोमोसो पोतिएपछि सेतो रङ दल्ने प्रयास: रविन्द्र मिश्र

भुटानी शरणार्थी प्रकरणः भ्रष्टाचारको कालोमोसो पोतिएपछि सेतो रङ दल्ने प्रयास: रविन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विदेशी दबावका कारण ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ मा अनुशन्धान अघि वढेको बताउँदै बालकृष्ण खाँड पक्राउ पर्नुमा अमेरिकी दबाब रहेको दावी गरेका छन्।

अमेरिकी दबाब र धम्कीपछि मात्रै पूर्वगृहमन्त्री खाण पक्राउ परेको जिकिर गरेका मिश्रले विदेश दबाब नभए शीर्ष नेताहरु पक्राउ पर्न दसक्ने बताएका छन्। उनले बिहीबार फेसबुकमा लेख्दै नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको बताएका छन्।

‘भ्रष्टाचारको छानविनका लागि पनि विदेशी दबाब नै चाहिने!’ भन्दै उनले लेखेका छन्–‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

उनले अगाडि लेखेका छन्–‘कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनि गरेको टिप्पणीलाई नबिर्सिनु होला।’

‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भिर र धम्किपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’ उनले लेखेका छन्।

‘माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनिया जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ति काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन?’ भन्दै उनले वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ भन्नु बेकार रहेको वताएका छन।

‘जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे जे भन्नु पर्छ भनौँला’ भन्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहनु भएको हो भने, उहाँले पालैपालो अरू दर्जनौँलाई सप्रमाण पक्राउ गर्न पनि चुनौती दिएका छन्।

यो प्रकरणलाई उनले भ्रष्टाचारको कालोमोसो पोतिएपछि सेतो रङ दल्ने प्रयासका रुपमा अथ्र्याएका छन्। ‘यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण छैन। यो केवल भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हो।’

विशेष