टोपबहादुरका हलकारा पहिचान गर्न संसद सचिवालयको सीसीटभी फुटेज प्रहरीले उठायो

फरार रहेका नेकपा (एमाले) का सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले उनका हलकाराको खोजी सुरु गरेको छ। रायमामझी बिरामी भएको भन्ने व्यहोराको पत्र संसद् सचिवालयमा कसले पु¥यायो ? भन्ने विषयमा प्रहरीको अनुशन्धान अघि वढेको छ।
हलकाराको पहिचान गर्न प्रहरीले संसद् सचिवालयबाट सीसीटिभी फूटेज लिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा नाम मुछिएर पक्राउ पुर्जीसमेत जारी भएपछि रायमाझी फरार छन।
नेपाल प्रहरीको सीआईबी टोलीले उक्त कार्यका लागि सहयोग माग्दै संसद् सचिवालयलाई पत्र लेखेको र सीसीटीभी फुटेज पनि लगेको जनाईएको छ। अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य रहेका रायमाझी १० दिनदेखि फरार छन् । तर, उनी फरार रहेकै बेलामा वैशाख २५ गते संसद् सचिवालयमा ‘बिरामी’ भएर संसद्मा उपस्थित हुन नसकेको भन्ने व्यहोराको पत्र पठाएका थिए ।
वैशाख २५ गते रायमाझीका सहयोगीले सभामुख देवराज घिमिरेको कार्यकक्षमा गएर उनी बिरामी भएको पत्र बुझाएर सिंहदरबारबाट निस्किएका थिए । ती व्यक्ति को थिए भन्ने पहिचानका लागि सिआइवीले सिसिटिभी फुटेज लिएर गएको हो । सिआइबीले अनुसन्धानका लागि संघीय संसद् सचिवालय प्रवेशस्थल, सभामुखको सचिवालय आसपास कभर गर्ने सिसिटिभी फुटेज लगेको हो ।
संवैधानिक व्यवस्था अनुसार बिना जानकारी १० वटा प्रतिनिधि सभाको बैठकमा अनुपस्थित भएमा सांसद पद जाने व्यवस्था रहेको छ । फरार भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि सांसद पद जोगाउन रायमाझीले सहयोगी मार्फत आफू बिरामी भएकाले संसदमा उपस्थित नसकेको पत्र पठाएका थिए ।
भुटानी शरणार्थी