News

गण्डकीमा चार मन्त्री नियुक्त, अन्तिम समयमा दिपक मनाङे आउट

गण्डकीमा चार मन्त्री नियुक्त, अन्तिम समयमा दिपक मनाङे आउट

गण्डकीका नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीलाई सपथ दिलाएका हुन।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आले र माओवादीका रेशम बहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए । शुक्रबार चार मन्त्री थप गदै नियुक्त भएको २१औँ दिनमा मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन।

जसमध्ये जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, दीपेन्द्रले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आलेले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। माओवादीका तर्फबाट मन्त्री वनेका जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिईएको छ।

बैशाख १५ मा माओवादीका तर्फबाट मन्त्रीमा नियुक्त गोरखाकी सुशिला सिंखडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र कांग्रेसबाट नियुक्त स्याङ्जाकी सरस्वती अर्याल तिवारीले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन्।

सुरुमा प्रदेशका सात मन्त्रालयमध्ये कांग्रेसले चार, माओवादीले दुई र समाजवादीले एक मन्त्रालय लिने बताइएको थियो । जस अनुसार मनाङ १(ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भइ एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङलाई मन्त्री बनाउने तयारी थियो।

तर, अन्तिम समयमा उनको नाम हटाएर जितप्रकाश आलेलाई मन्त्री बनाईएको छ। आले राष्ट्रपतिको जोडमा मन्त्री बनेको बताइएको छ। 
 

विशेष