News

बालकृष्णको मोवाईल पनि फर्म्याटः आरजु र मञ्जु विरुद्ध प्रमाण जुटाउनै धौ–धौ

बादललाई पक्राउ गर्नु पर्ने निस्कर्षमा पुगेको हो प्रहरी ?

बालकृष्णको मोवाईल पनि फर्म्याटः आरजु र मञ्जु विरुद्ध प्रमाण जुटाउनै धौ–धौ

८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका वेच्ने योजनामा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार सार्वजनिक भएको अडियो मात्रै प्रमाण नवन्ने भएकाले त्यसलाई सपोर्ट गर्ने र लेनदेन खुल्ने प्रमाण खोज्न प्रहरीले अनुशन्धानलाई केन्द्रित गरेको छ। आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए। बिचौलियाले पीडितसँग गरेको कुराकानीमा समेत उनीहरुलाई रकम बुझाएको भनेका छन्।
 
उनीहरु दोषी देखिएमा दुवै जना पक्राउ पर्न सक्छन्। मञ्जु खाँण यसअघि नै मोवाईल अफ गरेर सम्पर्कविहिन भएकी छिन् भने आरजु सिंगापुर भागिसकेको हल्ला सामाजिक संजालमा ब्यापक छ। प्रहरीले पक्राउ परेका खाँणको मोबाइलबाट आरजु र मञ्जुका विषयमा थप प्रमाण फेला पार्ने आशा गरेको थियो । तर, उनको फोन फर्म्याट भएको पाएपछि प्रहरीले डाटा रिकभरका लागि फेरेन्सिक ल्याबमा पठाएको छ । 

यो प्रकरणमा एकपछि अर्को प्रमाण प्रहरीले मोबाइल फोनबाटै जुटाएको छ। पूर्व गृहमन्त्री खाँण पनि मोबाइल फोनकै प्रमाणका आधारमा प्रहरी हिरासतमा तानिएका हुन्। उनी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबीच भएको सम्वाद प्रहरीका लागि प्रमाण बन्यो। जुन कुरा पाण्डेको मोबाइलबाट खुलेको हो।

यो प्रकरणमा खाँणको संलग्नता रहेको आरोप पक्राउ परेका बिचौलियाले सुरुदेखि नै लगाएका थिए। तर पक्राउ गर्न प्रहरीसँग बलियो प्रमाण थिएन। तर उपराष्ट्रपतिको कार्यालयमा कार्यरत पाण्डेलाई पक्राउ गरेपछि उनको मोवाइलबाट खाँणविरुद्धका प्रमाण फेला परे।

अहिलेसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा १२ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा खाँण र उनको निजी सचिव केसीसँगै पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव (निलम्बित) टोपबहादुर रायमाझीका छोरा सन्दीप र अन्य बिचौलिया छन्। जसमध्ये यो प्रकरणमा जोडिएर प्रहरी थुनामा पुग्ने खाँण सबैभन्दा उच्च तहाका नेता हुन् भने पाण्डे सबैभन्दा उच्च तहका कर्मचारी हुन।
 
बिचौलियाले बयानका क्रममा मुख्य दोष गृहका अधिकारीहरुलाई लगाएका छन्। उनीहरुले पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार प्रमुख प्रेम राई लगायतलाई पनि यो ठगीमा संलग्न रहेको आरोप लगाएका छन्। यति मात्रै होईन, स्रोतका अनुसार पूर्वमन्त्री खाँणले नै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पनि नाम पोलेका छन्।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम समेत पोलिएको छ। तर उनी औपचारिक अनुसन्धानको घेरा बाहिर छन्। ओली नेतृत्वको सरकारमा रहेकामध्ये गृह प्रशासनको उच्च तहमा रहेकामध्ये ईन्द्रजितभन्दा माथि अनुसन्धान गएको छैन।

अहिलेसम्म प्रमाण फेला नपर्दा प्रहरीले अन्य कसैलाई पनि अनुसन्धानको दायरामा ल्याउन सकेको छैन। प्रहरी स्रोतका अनुसार उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाको भूमिका समेत शंकास्पद देखिएको छ । प्रहरी थापालाई पक्राउ गर्नुपर्ने निष्कर्षतर्फ पुगेको छ । 

त्यस्तै, पक्राउ परेका सानु भण्डारीसहितका केही व्यक्तिले गृहसचिव हुँदा हालका अख्तियार प्रमुख प्रेम राईसमेतलाई पैसा बुझाएको बयान दिएपछि उनीमाथि पनि प्रमाण जुटाउन प्रहरी लागिपरेको छ । पक्राउ परेका अरोपीले दिएको बयानका आधारमा पक्राउ गुर्नपर्ने प्रमाण नदेखिएका हाई प्रोफाइल आरोपीमाथि समेत प्रहरीले सम्पत्ति शुद्धीकरणमा छानबिनका लागि विभागलाई पत्राचार गर्ने तयारी गरेको छ ।

भुटानी शरणार्थी

विशेष