News खेल

मेस्सी नचलेपछि घरेलु मैदानमै लोरिएन्टसँग हार्यो पीएसजी

मेस्सी नचलेपछि घरेलु मैदानमै लोरिएन्टसँग हार्यो पीएसजी

किलियन एमबाप्पेको गोली र लिओनल मेस्सी प्रयासका बाबजुत फ्रेन्च लिग वानको आइतबार राति भएको लिग खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हार ब्यहोरेको छ। अच्रफ हाकिमीले रेडकार्ड पाएपछि १० खेलाडीमा समेटिएको पीएसजी घरेलु मैदानमै लोरिएन्टसँग पराजित भएको हो।

लोरिएन्टका लागि खेलको १५औं मिनेटमा एन्जो लि फीले गोल गरे। २०औं मिनेटमा अच्रफ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । एक खेलाडी कम भएपनि २९औं मिनेटमा गोल किलिएन एमबाप्पेले १ गोल गर्दै खेल बराबरी गरे ।

तर ३९औं मिनेटमा डार्लिन योङ्गवाले गोल गर्दै लोरिएन्टलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८८औं मिनेटमा बाम्बा डियाङले गोल गर्दै लोरिएन्टलाई ३–१ को जित दिलाए । योसँगै यस सिजन लिगमा पीएसजीले छैटौं हार ब्यहोरेको छ।

पीएसजीभन्दा मार्से र लेन्सले कम खेल हारेका छन । मार्से ५ र लेन्स ५ खेलमा पराजित भएको छन । यद्यपी, ३३ खेलबाट ७५ अंकसहित पीएसजी शीर्ष स्थानमै छ। समान खेलबाट ७० अंकसहित मार्से दोस्रो र लोरिएन्ट ४८ अंकसहित दशौं स्थानमा छ । 
 

विशेष