News

कृषिविद मदन राई प्रहरी नियन्त्रणमा !

कृषिविद मदन राई प्रहरी नियन्त्रणमा !

कृषिविद मदन राईले आफु प्रहरी नियन्त्रणमा परेको संकेत गरेका छन्। उनले फेसवुक मार्फत आफु प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएका छन। 

उनले फेसवुकमा लेखेका छन्–‘म हिरासदमा हुँदा फोन नचल्न सक्छ। केही जान्नपरे ८६५२८४९... सुर्य राईलाई सम्पर्क गरौं। म जाहाँ हुन्छु शरीर नाश भएपनि बिचार रहनेछ।’

राईमाथि आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको आरोप छ।

खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनले दिक्तेलमा जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको छ।

त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्।

यो पनि,

विशेष