News

गण्डकीमा दिपक मनाङेको ह्याट्रिक, मन्त्रीपरिषद विस्तार

गण्डकीमा दिपक मनाङेको ह्याट्रिक, मन्त्रीपरिषद विस्तार

गुण्डा नाईकेको पहिचान वनाएका गण्डकीका प्रदेश सांसद दिपक मनाङे राजीव गुरुङ तेस्रो पटक मन्त्री बनेका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार मन्त्री परिषद विस्तार गर्दै मनाङेलाई मन्त्री बनाएका हुन।

नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ जनाको मन्त्री परिषद वनाईएको छ। कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री भएका थिए। 

विशेष