News

पति दुई दिनदेखि प्रहरी हिरासतमा हुँदा पनि भेट्न गईनन मञ्जु, फोन वन्द गरेर सम्पर्क विहिन

पति दुई दिनदेखि प्रहरी हिरासतमा हुँदा पनि भेट्न गईनन मञ्जु, फोन वन्द गरेर सम्पर्क विहिन

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको सम्पर्कविहिन भएकी उनकी पत्नि एवम् सांसद मन्जु खाँण अझै सम्वर्कमा आएकी छैनन्। खाँण प्रहरी हिरासतमा रहेको दुई दिन वित्न लाग्दा समेत मञ्जु उनलाई भेट्न पुगेकी छैनन।

काठमाडौं परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर पुगे। तर, मञ्जु मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी छिन्।

प्रहरीले बालकृष्णलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन्। त्यो वेला दुई जना विच ह्वाट्सएपमा भिडिओ कल भईरहेको प्रहरीले जानकारी गराएको थियो। पक्राउ पर्ने सम्भावना भएपछि उनीहरु अघिल्लो दिनदेखि नै छुट्टिएका थिए।

खाँणलाई प्रहरीले हिरासतमा राख्दा मञ्जुको लोकेशनबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन। बालकृष्णलाई खाना पनि दाजुभाउजु बुधबार नै लिएर गएका थिए। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण पनि बालकृष्णलाई भेट्न काठमाडौं आएका छन्।

बुधबारदेखि नै नातेदार, कार्यकर्ता र शुभेच्छुकहरु बुधबारदेखि नै परिसरमा जम्मा भएका थिए। बिहीबार पनि बिहानैदेखि उनीहरुको भीड परिसरमा थियो। तर मञ्जु दुवै दिन त्यहाँ  देखिइनन्।

भुटानी शरणार्थी प्रकरणमा मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ। 

मञ्जुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छैन। तर उनी दुई दिनदेखि गायब छिन्। हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। 

भुटानी शरणार्थी

विशेष