News

विरगञ्जबाट दिल्लीहुँदै सिंगापुर भागेकी हुन् आरजु राणा?

विरगञ्जबाट दिल्लीहुँदै सिंगापुर भागेकी हुन् आरजु राणा?

८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा वेच्ने तयारी गरेको आरोप लागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम सांसद आरजु राणा देश छोडेर भागेको हल्लाले सामाजिक सञ्जाल तातिएको छ।

राणा वीरगन्जबाट पटना र दिल्लीहुँदै सिंगापुर भागेको भन्दै विहिवार साँझदेखि नै सामाजिक सञ्जालमा कोकोहोलो सुरु भएको छ। ट्विटर र फेसबुकका टाइमलाइनमा यस्ता पोष्ट भाईरल छन्। कतिपय अनलाईनले यसलाई समाचार पनि वनाएका छन्।

आरजु सिंगापुर भाग्न लागेको भन्ने हल्ला भने बुधबारनै सञ्जालमा थियो। बुधबार नै कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि यी हल्लाहरू सुरु भएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। केहीदिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो।

सार्वजनिक भएको अडिओमा मञ्जुले साढे ६ करोड र आरजुले २ करोड रुपैयाँ वुझेको उल्लेख छ। यो प्रकरणलाई नजिकबाट अनुसन्धान भइरहेको प्रहरीले बताइरहँदा आरजु आफू पनि पक्राउ पर्ने डरले भागेको हल्ला छ।

आरजु बिहीबार भने हेटौँडामा थिइन्। त्यहाँबाट उनी काठमाडौं फर्किएको बताइएको छ । केही घण्टापछि बिहीबार रातितिर सामाजिक सञ्जालमा आरजु त्यहाँबाट भारतको पटना गएको र दिल्लीहुँदै सिंगापुर भागेको चर्चा सुरु भयो। 

पूर्वगृहमन्त्री खाण पक्राउपछि आरजु बेचैनमा थिइन। सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत फोनमा कुरा गर्ने र म्यासेज गरिरहेको देखिन्थिन्। यसैक्रममा पक्राउ परेका बालकृष्ण खाँडले ‘शेरबहादुर र आरजुको पनि नाम’ पोलेको हल्ला वाहिर आएको थियो।

खाँणले ‘शेरबहादुर र आरजुले जे जे भने त्यही गरियो, लाष्टमा फसियो’ भनेको भन्दै सूचनाहरु आउन थालेपछि आरजु फरार भएको हल्ला सुरु भएको हो। आरोप लाग्ने वित्तिकै संसदमा भाषण गरेकी उनले यो विषयमा भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन्।
 

भुटानी शरणार्थी

विशेष