News

गोकुल र महेश वस्नेतलाई ओलीको जवाफः संघीयताका विषयमा पूनर्विचार हुँदैन

गोकुल र महेश वस्नेतलाई ओलीको जवाफः संघीयताका विषयमा पूनर्विचार हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताका विषयमा पुनर्विचार गर्न नसक्ने वताएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले एमालेले संघीयता खारेजीको मुद्दा बोक्नु पर्ने कुरा गरेपछि ओलीले यस्तो जवाफ दिएका हुन।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको वैठकलाई समापन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताए।

शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा बोलेका गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरुले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेका थिए ।
 

विशेष