News

टिस्टादेखि कांगडासम्मका भारतीयलाई नेपाली नागरिक्ता देउः विनय यादव

टिस्टादेखि कांगडासम्मका भारतीयलाई नेपाली नागरिक्ता देउः विनय यादव

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारत विरुद्ध अभियान चलाईरहेको आरोप लगाएका छन्।

ग्रेटर नेपालका नाममा भईरहेको राष्ट्रियताको राजनीतिलाई ‘चीनियाँ जादु’ को संज्ञा दिएका उनले टिस्टादेखी कांगडासम्मको कुरा उठाएर चीनियाँको दलाली गरिरहेको उनको आरोप छ।

‘टिस्टादेखि कांगडासम्म नेपाल हो भने पहिला त्यहाँका नागरिक्ता देउ’ भन्दै चीनियाँ अभियानको विरोध गरेका उनले नेपाली अनुहारका कतिपय चिनियाँलाई नागरिक नभई जमिन मात्रै चाहिएको आरोप लगाए।  

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको खुलासा गरे । चीनले अहिले पनि नेपालको सीमा मिचिरहेको तर, त्यसका विषयमा भने कोही नवोलेको वताए । बाराको कलैयामा शनिवार आयोजित ‘ नेपाल प्रति चीनको अभ्यास र असर’ विषयक अन्तरक्रियामा बोल्दै यस्ता गलत राजनीतिलाई चिन्न र सचेत हुन सवैलाई आग्रह गरे।

कार्यक्रममा संविधान सभा सदस्य बिपि यादव, हिन्दू स्वयमसेवक संघका जिल्ला संघका रामबाबू साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, प्रध्यापक किशोरी राम, अधिवक्ता अजय स्वर्णकार लगायतले पनि बोलेका थिए।
 

विशेष