प्रमाण फेला परेपछि प्रहरीको हातबाटै खोसेर खाँणले निले यस्तो कागज

८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा वेच्न खोजेको प्रकरण उत्कर्षमा पुगेका वेला कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण चर्चामा छन्। वैशाख २७ गते पक्राउ परेदेखि नै चर्चामा रहेका खाँ पछिल्लो समय भने कागज चबाएर निलेको घट्नाले चर्चामा आएका हुन।
प्रहरी टोलीले खाँडलाई पक्राउ गर्ने क्रममा मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यो काजग खाँणले तत्कालै खोसेर चवाएर निलेको वताईएको छ। जानकारी अनुसार प्रहरीले खाँणका भान्सेको साथबाट एउटा कागज बरामद गरेको थियो।
स्रोतका अनुसार उक्त कागजमा शरणार्थी प्रकरणसँग सम्बन्धित विषय उल्लेख थियो। भान्सेमार्फत कसैलाई दिन खोजेको उक्त कागज प्रहरीले फेला पारेपछि उनले थुतेर निलिदिएको जनाईएको छ।
खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नगराई जरुरी पक्राउ पुर्जी दिएर खाणलाई पक्राउ गरेको थियो ।