News विदेश

युक्रेनमा रूसले हान्यो मिसाइलः सोमवार विहानै कीभमा हवाइ आक्रमण 

युक्रेनमा रूसले हान्यो मिसाइलः सोमवार विहानै कीभमा हवाइ आक्रमण 

रुसले युक्रेन विरुद्धको आक्रमणलाई थप भयानक वनाएको छ। सोमबार बिहानै युक्रेनको सबैभन्दा धेरै जनसंख्या भएको सहर कीभ क्षेत्रमा ५ वटा मिसाइल आक्रमण भएका छन्।

कीभबाट ५४२ किलोमिटर टाढा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको क्रामतोस्र्कमा आइतबार राति पाँचवटा मिसाइल प्रहार भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्। टेलिग्रामलाई गभर्नर पाभ्लो किरिलेन्कोले दुई रकेट सहर बाहिरको मैदानमा, दुई औद्योगिक क्षेत्रमा र एउटा निजी क्षेत्रमा खसेको बताए। 

राजधानी कीभमा हवाइ आक्रमण भएपछि सशस्त्र बलहरूले युक्रेनीलाई अन्य आश्रयस्थलमा जान अनुरोध गरेका छन्। रूसी सेनाले अवडिभका सहरमा पनि गोलाबारी गरेको जानकारी दिएका छन्।

कीभमा मिसाइल आक्रमणको खतरा बढेपछि युक्रेनले हवाइ रक्षाको तयारी गरेको छ। राजधानी कीभमा पनि विष्फोटको आवाज आएको बताइएको टेलिग्रामले बताएको छ। विस्फोटको आवाज सुनेपछि कीभको एयर डिफेन्सले संयमता अपनाइ सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरेको छ।

मिसाइल आक्रमणको क्षतिबारे अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक भएको छैन। गत शुक्रबार मात्रै पनि मध्य युक्रेनी सहर उमानमा रूसले मिसाइल आक्रमण गरेको थियो। त्यसबेला दुईवटा मिसाइल एक अपार्टमेन्टमा ठोक्किएपछि ६ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य २३ घाइते भएका थिए। 
 

विशेष