नेपालले लियो युएईको ४ विकेट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका छन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पछिल्ला पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।