News

खाँणले यसरी स्विकारे गिरोहसँगको भेट, मोवाईलबाट थप तथ्य खुल्ने अनुमान

खाँणले यसरी स्विकारे गिरोहसँगको भेट, मोवाईलबाट थप तथ्य खुल्ने अनुमान

प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री गृहमन्त्री बालकृष्ण खाँणले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएका गिरोहसँग मिलेर काम गरेको स्विकार गरेका छन्। गृहसचिव टेकनारायण पाण्डे मार्फत केशव दुलालसँग भेट भएको र उनकै योजना अनुसार काम गर्न आफु सहमत भएको उनले स्विकारेका छन्।

अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा खाँणले गिरोहसँग भेटेको स्वीकार गरेको प्रहरीले जनाएको छ। त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएको छ। अब खाँणको मोबाइलबाट भेटिने प्रमाण अनि बयानबाट थप कुरा खुल्दै जाने प्रहरीको भनाई छ।

प्रहरीका अनुसार मन्त्री खाँणसँग भेटपछि नै सचिव पाण्डेले सानु भण्डारीलाई म्यासेज गर्दै ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो’ भन्दै खवर गरेका सचिव पाण्डेको मोबाइलबाट पनि पुष्टि भएको प्रहरीको भनाई छ। 

प्रहरीका अनुसार पक्राउ पर्नुअघि पाण्डे र खाँण दुवैले मोवाईल फर्म्याट गरेका थिए। तर, पाण्डेको मोबाइलका ‘डाटा रिकभर’ भइसकेको र खाँणको मोवाईल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ । पाण्डे गृह सचिव भएर आएबाटै बिचौलियासँगको साँठगाँठमा गृहले नक्कली शरणार्थीको फाइल अघि बढाएको थियो ।

पाण्डेले ०७८ असोज १४ गते खाँडकै स्विकृतिमा झापा प्रशासनलाई पत्राचार गरी शरणार्थीको लगत संकलनसहितको काममा खटाएका थिए । ०७८ मंसिर १३ मा बसेको देउवा मन्त्रिपरिषद्ले ‘पन्थी कार्यदलको’ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यही बीचमा गिरोहको सल्लाहमा ०७९ जेठ २७ फेरि तत्कालीन गृहमन्त्री खाँणले मन्त्रीस्तरीय निर्णय गरेर छुट शरणार्थीसमेतका सन्दर्भमा दीर्घकालीन समस्या समाधान र व्यवस्थापनबारे ठोस राय पेस गर्न झापा प्रशासनलाई कार्यादेश दिएका थिए । तर, विवादित बनेकाले झापा प्रशासनले काम गरेन।

प्रतिवेदन नआउँदै पाण्डेले ओली नेतृत्वको सरकारका पालामा बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन जस्तै गिरोहले वनाएको प्रतिवेदन गृहमन्त्रालयमा पुर्याएका थिए। गिरोहले इटहरी, विराटनगर, काठमाण्डौं लगायतका विभिन्न होटल तथा रेस्टुरेन्टमामा वसेर प्रतिवेदन तयार पारेको जनाईको छ।

स्रोतका अनुसार सचिव पाण्डेले पन्थी कार्यदलको प्रतिवेदन ‘अध्ययन गर्नु छ’ भन्दै स्थानीय प्रशासन शाखाबाट झिकेर लगेका थिए । करिब २ सातापछि मात्रै फाईल शाखामा फिर्ता भएको थियो । त्यही वेला नक्कली प्रतिवेदन ल्याएर राखेको पुष्टि भएको छ।

स्थानीय प्रशासन शाखामा भएको फाइल साट्ने काममा अरु पनि संलग्न भएको हुन सक्ने आशंकामा प्रहरीले कृष्णप्रसाद शर्मा, सागरमणि पाठक, शेखर पौडेललगायतका तत्कालिन दर्जन वढि कर्मचारीलाई अनुशन्धानमा तानेको छ।

०७६ जेठ ३० गते बालकृष्ण पन्थी संयोजकत्वमा गठित कार्यदलले ०७६ कात्तिकमा सरकारलाई प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनमा ४ सय २९ भुटानी शरणार्थीलाई परिचयपत्र दिन सिफारिस गरिएको थियो । यी नाम शरणार्थीसम्बन्धी राष्ट्रसंघीय मिसन यूएनएचसीआरले पहिले नै तयार पारेको प्रतिवेदनमा आधारित थियो ।

तर, पन्थी कार्यदलका पदाधिकारीले नामावली भएको अनुसूचीमा हस्ताक्षर गरेका थिएनन्, योजनाअनुसार नै यसो गरिएको थियो । कार्यदलले काम गरिरहेका बेला गिरोहका सदस्यले पैसा संकलन गर्दै नक्कली शरणार्थीको सूची पनि बनाइरहेका थिए ।

गृहको कार्यदलसँग मिल्दोजुल्दो हुने गरी बनाइएको प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी ८ सय ७५ जनाको नाम राखिएको छ । 

भुटानी शरणार्थी

विशेष