विश्व साइकल यात्री पुस्कर शाहलाई रास्वपाको कार्यालयमा छिर्न रोक

विश्व साइकल यात्री पुष्कर शाहले आफूलाई साईकल चढेकै कारण रास्वपाको कार्यालयमा प्रवेश गर्न नदिएको गुनासो गरेका छन् ।
सगरमाथा आरोही समेत रहेका शाहले सोमबार फेसवुकमा ‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ भन्दै स्ट्याटस लेखेका छन् । पालेले साईकल चढेर प्रवेश नभएको भनेपछि आफू घर फर्किएको उनले जनाएका छन्।
सांसद तथा पार्टी उपाध्यक्ष डीपी अर्यालको निमन्त्रणामा आफु पार्टी कार्यालय बसुन्धारा पुगेको बताउँदै पालेले साइकललाई घण्टीघर भित्र प्रवेश छैन भनेपछि आफूले सांसद अर्याललाई फोन गरेको तर फोन नउठेको उनले गुनासो गरेका छन्। सांसद अर्यालको फोन नउठेपछि थोत्रो कोट भिजाउँदै आफू घर फर्किएको उनले बताएका छन्।
‘पालेज्यूले साइकललाई घन्टीघर भित्र प्रवेश छैन भन्नुभो, भित्र मोटरसाइकल चै छिर्न दिइएको रैछ, मैले त्योबारे प्रश्न गरेँ। पालेले गाडी र मोटरसाइकल त पाउँछ भने। पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ।’– उनले लेखेका छन्।