News

नक्कली शरणार्थी प्रकरणको विरोधमा काठमाण्डौंको सडकमा कैदी जुलसु

नक्कली शरणार्थी प्रकरणको विरोधमा काठमाण्डौंको सडकमा कैदी जुलसु

नक्कली शरणार्थी प्रकरणमा विभिन्न राजनैतिक दलका भातृसंगठनहरू सडक प्रदर्शनमा उत्रिन थालेका छन्। आज सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस आबद्ध नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले त्रिचन्द्र कलेज अघि प्रदर्शन गरे।

नेविसंघ त्रिचन्द्र कलेजका विद्यार्थीहरूले संगठित भ्रष्टाचारमा मुछिएकाहरूलाई चाँडोभन्दा चाडो कारबाही गर्न माग राख्दै प्रदर्शन गरेका हुन। विद्यार्थीहरूले कैदीको भेषमा हतकडिसहित प्रदर्शन गरेका हुन्।

उनिहरुले पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गरे। उक्त समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन उनीहरुले माग गरे। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकै बेला २०७८ असारदेखि २०७९ पुससम्म खाण गृहमन्त्री भएका थिए। त्यहीबेला उनले बिचौलियासँग मिलेर करोडौं ठगी गरेको आरोप लागेको छ। 

यही प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर रायमाझी फरार छन् ।

टोपबहादुरका छोरा सन्दीपसहित गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत भने हिरासतमै छन् । 
 

विशेष