News

छोराको कसम खाएर आरजुले भनिन्ः एक पैसा खाको छैन

छोराको कसम खाएर आरजुले भनिन्ः एक पैसा खाको छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद आरजु राणा देउवाले छोराको कसम खाएर आफुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा नलिएको दावी गरेकी छिन्। 

केहीदिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र बालकृष्ण खाँणकी पत्नि मञ्जु खाँणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो। सोही प्रकरणमा एउटा टेलिभिजनलाई अन्तरवार्ता दिदै उनले छोरा जयवीरको कसम खाँदै भनिन्, ‘मेरो आत्मा होइन मेरो छोरो जयवीरकै कसम खाएर म भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन।’

मञ्जु खाणको जिम्मा भने आफूले लिन नसक्ने उनले बताईन। बालकृष्णले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज खाएको विषयमा पनि उनले टिप्पणी गरिन। ‘म कागज खाने, घाँस खाने मान्छे होइन । भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो’ उनले भनिन्–‘मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजुको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। मञ्जु भने सार्वजनिक सम्पर्कबाहिर छिन्। प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी उनले गत बुधबार सदनको शून्य समयमा बोल्न नाम लेखाएकी थिईन।

तर, पति पक्राउ परेपछि संसद् गइनन्। अर्को दिनदेखि उनको मोबाइल बन्द छ । उनी दिल्ली हुँदै अष्ट्रेलिया पुगेको चर्चा छ।

विशेष