News

टोपवहादुरलाई पक्राउ गर्न भारतमा छापछापी गर्दै सीआईबी, हाता लाग्यो सून्य

टोपवहादुरलाई पक्राउ गर्न भारतमा छापछापी गर्दै सीआईबी, हाता लाग्यो सून्य

नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपवहादुर रायमाझीलाई पक्राउ गर्न शुक्रवार भारत पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली निराश भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोप लागेपछि सांसद रायमाझी फरार छन्।

रायमाझी सुरुमा लखनउ, गोरखपुर र त्यसपछि दिल्ली पुगेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा भारत पुगेको टोलीले अहिलेसम्म रायमाझीको बारेमा कुनै सुराक फेला पार्न सकेको छैन। 

रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला वैशाख २० गते रातिबाट सम्पर्कबिहीन भएका थिए। त्यसपछि उनी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। भारतीय दूतावासमार्फत् रायमाझीलाई काठमाडौं ल्याउन भन्दै प्रहरी भारत पुगे पनि उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। 

वैशाख २० गते साँझ ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। 

तर छोरा सन्दीप पक्राउ परेपछि उनी सम्पर्कविहीन भए। सम्पर्कविहीन भएका रायमाझीले पछि प्रहरी नेतृत्वसँग सम्पर्क गर्दै आफू प्रहरीसामू उपस्थित हुने बताएका थिए। रायमाझीले आफैं उपस्थित हुन्छु भनेपछि प्रहरीले तत्कालै पक्राउ गर्ने तदरुकता देखाएन। 

विशेष