News

भ्रष्टाचार विरोधी अभियानमा बाबुरामको अपमानः जो वोक्सी उही सुडेनी ?

भ्रष्टाचारमा डुबेको मान्छेले भ्रष्टाचार विरुद्धको कुरा सिकाएर हुन्छ ?

भ्रष्टाचार विरोधी अभियानमा बाबुरामको अपमानः जो वोक्सी उही सुडेनी ?

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाद्वारा आयोजित भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलनमा सहभागी हुँन पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विगतका कारण अपमानित भएका छन् ।

आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका भट्टराईको उल्टै विरोध भयो। यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता अपाच्य भएको भन्दै प्रदर्शनकारीले आवाज उठाए।

एक प्रदर्शनकारीले भने, ‘जो चोर उसैको ठुलो स्वर, जो वोक्सी उही सुडेनी ? भ्रष्टाचारको विषय कति ठाउँमा आएको छ वहाँको ? आएको छैन ? अहिले जसरी आरजुको आईराछ, पहिला हिसिलाको आएको होईन’ उनले वास्तविक पीडित र स्वच्छ छवि भएका ब्यक्तिले आन्दोलनको नेतृत्व गर्नु पर्ने उनले वताए ।

‘जसले छोरीलाई अमेरिका राखेर पढाएर हाम्रा भाईवहिनीलाई जवर्जस्ती उठाएर जनयुद्ध गराएर हाम्रा भाई वहिनी मार्यो, त्यसले आएर यहाँ भ्रष्टाचार विरुद्धको कुरा सिकाएर हुन्छ ? १७ हजार मान्छे मर्ने÷मराउने गरेकाहरुले। अधिकारी दम्पत्तिहरुले अहिलेसम्म आमरण अनशन गर्दा मान्छे मरिसक्यो उसले अधिकार पाईराखेको छैन।’ ति प्रदर्शनकारीले भने–‘यीनिहरुले ठुलो कुरा गरेर हुन्छ ? भ्रष्टाचार भनेको पैसा मात्रै खानु हो ? अर्काको श्रीमतीलाई हेर्नु पनि भ्रष्टाचार हो।’

उनले बालकृष्ण खाँण र मञ्जु खाँण बाबुराम भट्टराई र हिशिला यमीहरुको परिस्कृत रुप भएको बताए । ‘भुटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरू हुन् । यिनीहरूको विरुद्धमा जनता जाग्नुपर्छ ।’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकले विरोध गर्दै आएका छन् । भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी अझै फरार छन् । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलगायत व्यक्ति अनुसन्धानका क्रममा हिरासतमा छन् ।

विशेष