News

विन्दास टोपबहादुरः मास्क खोलेर हाँस्दै हात हल्लाएर गरे अभिबादन

विन्दास टोपबहादुरः मास्क खोलेर हाँस्दै हात हल्लाएर गरे अभिबादन

नक्कली शरणार्थी प्रकरणमा आईतवार पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपवहादुर रायमाझीलाई सोमबार दिउँसो साढे ३ बजे सरकारी वकिलको कार्यालय काठमाडौं ल्याइयो।

झन्डै दुईसाता फरार भएपछि पक्राउ परेका रायमाझी वकिल कार्यालयमा मुस्कानका साथ उपस्थित भएका थिए। कोट, टोपी र जिन्समा उपस्थित भएका उनी अन्य सरह अँध्यारो भएर र लुकेर हिडेनन। वरु हाट हल्लाएर अभिबादन गर्दै हिडे। यति मात्रै होईन, उनी हाँसिरहेका थिए।

यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई भने प्रहरीले अदालत लैजाँदा ल्याउँदा उनी मास्क लगाएर घोसे मुन्टो लगाउँथे। उनले प्रहरीलाई नै पक्राकारबाट वचाउन हार गुहार गरेको समाचार सार्वजनिक भएको थियो। शौचालय जाँदा समेत उनी प्रहरीले घेरिएर जान्थे। तर, टोपबहादुरले त्यसो गरेनन्, लगाएको मास्क फुकालेर हातमा लिए।  मुस्काउँदै हात हल्लाए। बबरमहलस्थित सरकारी वकिलको कार्यालय परिसरमा प्रहरीको गाडीबाट झरेलगतै उनले सञ्चारकर्मीलाई हात हल्लाए। उनलाई हतकडी लगाइएको छैन।

टोपबहादुरको क्रियालाई हेरेपछि कतिपयले भने ‘लोक लाजका कारण अपराधलाई ढाक्न मुस्कुराएको नाटक गरिरहेको’ प्रतिक्रिया दिएका छन्।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए। अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट सार्वजनिक सम्पर्कविहीन बने।

आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ पासीकोटस्थित एक घरमा पक्राउ परेका रायमाझीलाई प्रहरीले महानगरीय प्रहरी वृत्त १६ खुट्टे लगेको थियो।
 

भुटानी  शरणार्थी

विशेष