News

इजलासमा अनौठो संयोगः टोपबहादुर, सरकारी वकिलदेखि न्यायाधिशसम्म हर्नियाँका विरामी

इजलासमा अनौठो संयोगः टोपबहादुर, सरकारी वकिलदेखि न्यायाधिशसम्म हर्नियाँका विरामी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका टोपवहादुर रायमाझीलाई अनुशन्धानका लागि म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा अनौठो संयोग बनेको छ।

रायमाझीलाई उपस्थित गराईएको इजलासका न्यायाधिश, सरकार पक्षबाट वहस गर्ने सरकारी वकिल र स्वयम रायमाझी समेत हर्नियाँका विरामी रहेको खुलेको छ। रायमाझीले आफु विरामी भएको भन्दै अस्पताल वस्ने सुविधा दिन आग्रह गरेपछि यो खुलासा भएको हो। 

टोपबहादुरको तर्फबाट बहस गर्दै एकजना अधिवक्ताले अलिकति बिरामी भएकाले हेरिदिनुपर्ने धारणा राखेका थिए। उनले भने–‘बिरामी भएकाले केही समसया हुन सक्छ, साह्रोगाह्रो हुन सक्छ।’ रायमाझी स्वयमले पनि आफू हर्नियाको बिरामी भन्दै केही सहुलियत दिन संकेत गरेका थिए। 

उनले आफू बिरामी रहेको भन्दै त्यसअनुसार अस्पतालमा बस्ने गरी सुविधा दिनुपर्ने आशय न्यायाधीशसँग राखे। तर बहसका क्रममा सरकारी वकिल लक्षमण घिमिरेले आफू पनि हर्नियाकै बिरामी रहेको भन्दै काममा कुनै समस्या नरहेको जवाफ दिए।

‘म पनि त्यसकै बिरामी हो। म अहिले पनि म बेल्ट बाँधेर हिँडिरहेको छु’ उनले भने। टोपबहादुरले बिरामी परेकाले त्यसअनुसारको सुविधा खोजेपछि इजलासबाट न्यायाधीश केवश अधिकारीले आफू पनि त्यसकै बिरामी रहेको जवाफ फर्काए। 

उनले आफू सामान्य रहेको आशयसहित टोपबहादुरलाई जवाफ फर्काउँदै भने–‘म आफैं पनि त्यही बिरामी हुँ।’ त्यसपछि अदालतले उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

टोपबहादुर आइतबार बूढानीलकण्ठबाट पक्राउ परेका थिए। उनी मदिरा पिएको अवस्थामा भेटिएका थिए। तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पनि उनले मदिरा पिएको पुष्टि भएको थियो। स्वयमले पनि आफूले एक गिलास बियर पिएको बताएका थिए। 

भुटानी शरणार्थी

विशेष