News

भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवम् सभासद आङटावा शेर्पा पक्राउ

भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवम् सभासद आङटावा शेर्पा पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोप लागेका पूर्व सांसद आङटावा शेर्पा पक्राउ परेका छन्। शेर्पालाई टेकु स्थित जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो।

शरणार्थी  प्रकरणमा चैत १२ देखी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेपछि प्रहरीले उनलाई निगरानीमा रखेको थियो। शेर्पाले दुलाललाई प्रहरी वृत्त कालिमाटी र भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेट्दै पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन आग्रह गरेको स्रोत वताउँछ।

शेर्पाले खाँणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन पनि उनले दिएको खुलेको छ। सानु भण्डारीले १ करोड २५ लाख नगद बुझाएको बयान दिएपछि प्रहरीले वैशाख २७ गते बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो ।

खाँणले गृहमन्त्रालयमा लगेका सचिव टेकनारायण पाण्डे, खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि  थुनामा छन् । यसैबीच आईतवार, रामेछापका शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भयो। उनलाई पक्राउ गर्न शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । ०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

भुटानी शरणार्थी

विशेष