News

पक्राउ पूर्जी जारी भएपछि टाप कसेका टोपबहादुर यसरी पक्राउ परे

भारत पुगेको भनिएका रायमाझी कसरी पुगे पोखरा ?

पक्राउ पूर्जी जारी भएपछि टाप कसेका टोपबहादुर यसरी पक्राउ परे

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले आईतवार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्यो। पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परे।

भारतका विभिन्न स्थानमा भागीहिडेको आशंका गरिएका रायमाझी कसरी काठमाण्डौं आईपुगे भन्ने विषय भने रोचक छ। नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो तह का नेता हुन । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्रीसमेत भईसकेका उनी एमालेको सचिव समेत हुन।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा पक्राउ परे। अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँछु भनेका रायमाझी त्यही राति वेपत्ता भएका थिए।

उनका छोरा सन्दीप भने त्यही साँझ बुटवलबाट पक्राउ परेपछि रायमाझी भारत भागेको हल्ला चल्यो। तर, उनी पोखरा पुगे। पोखरामा लुक्ने ब्यवस्था मिलाई दिएका उनका सहयोगी भने भारत पुगेको प्रहरीले पत्ता लगायो। ती व्यक्तिलाई निगरानीमा परेपछि रायमाझी लुकेको ठाउँको पहिचान खुलेको प्रहरी अधिकारी वताउँछन्।

प्रहरी टोली उनलाई लखेट्दै शनिबार पोखरा पुग्यो। तर, रायमाझी त्यहाँबाट भागिसकेको पाईयो। उनको खोजी गर्दै जाँदा पासीकोटबाट पक्राउ परे। 

रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक गिरोहको योजनाका मतियारका रूपमा काम गरेको प्रहरीले जनाएको छ। सानु भण्डारी, सुजाता कोईरालाका स्वकीय सचिव केशव दुलालले उनलाई सम्पर्क सूत्रका रुपमा प्रयोग गरेको पाईएको छ।

दुलाल र भण्डारीलाई शक्तिकेन्द्रको पहुँचमा पु¥याउन र मन्त्रालयबाट निर्णय गराउने काममा रायमाझी सक्रिय रहेको पाईन्छ। उनले आर्थिक कारोबारमा छोरा सन्दीपलाई प्रयोग गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्री र सचिवमार्फत पनि रायमाझीले धन्दा अघि बढाएका थिए । 
 

भुटानी शरणार्थी

विशेष