News

निगुरोले लियो श्रीमान–श्रीमतीको ज्यान

निगुरोले लियो श्रीमान–श्रीमतीको ज्यान

निगुरो टिप्न गएका नवलपरासी (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु–२ कोल्हुवाका श्रीमान श्रीमतीको नारायणी नदिनमा डुवेर मृत्यु भएको छ।

मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको प्रहरीले जनाएको छ।

आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका डिएसपी सन्तोष पाठकले बताए।

विशेष