News

पक्राउ पर्दा रक्सीले मदहोस थिए टोपबहादुरः भने– एक गिलास वियर लिएको छु

पक्राउ पर्दा रक्सीले मदहोस थिए टोपबहादुरः भने– एक गिलास वियर लिएको छु

पक्राउ पर्ने डरले भागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार राति प्रहरीले पक्राउ गर्यो। बुटवलबाट सम्पर्कविहीन भएका रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परे।

उनको खोजीका लागि प्रहरीको सीआईबीको टोली भारतको दिल्लीसम्म पुगेको थियो । तर, आइतबार राति उनलाई रक्सी खाएर झुमिएको अवस्थामा प्रहरीले फेला पार्यो। 

स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको  थियो । रायमाझीले समेत एक गिलास बियर खाएको जवाफ दिएका थिए । 

विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो। 

यसअघि फरार रहँदा उनले संसद्लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए।

स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। उनलाई त्यहाँको हिरासतमा राखिएको छ। शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितलाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ। 

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परेका छन्। टोपबहादुरका छोरा सन्दीप वैशाख २० गते नै पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
 

भुटानी  शरणार्थी

विशेष