News

आफनो क्यारेक्टरमाथि बलात्कार भएको भन्दै आरजुको गुनासो

आफनो क्यारेक्टरमाथि बलात्कार भएको भन्दै आरजुको गुनासो

कांग्रेस सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो इज्जतको बलात्कार गरिएको आरोप लगाएकी छिन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताईन।

आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै उनले अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको बताइन् ।

‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’

महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस’ उनले भनिन् ।

यो प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको उनले बताईन। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्ररणमा को–को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने राणाको भनाइ थियो । ‘त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर कोही छैन,’ उनले भनिन् ।

आफूलाई विदेश गएको भनेर लेखिएका समाचारप्रति पनि आरजू राणाको आपत्ति थियो । ‘म सशरीर नै यहाँ छु । म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्टा पुगिसकेको रहेछ । म सामाजिक संजालमा त्यति सक्रिय छैन । त्यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुन फेक मिडियामा सरकारको निगरानी हुनुप¥यो,’ उनले भनिन् ।
 

भुटानी शरणार्थी

विशेष