News

बालकृष्णलाई अदालतमै ‘देश वेचुवा डाका’ भन्दै गाली गर्ने को हुन यी महिला ?

बालकृष्णलाई अदालतमै ‘देश वेचुवा डाका’ भन्दै गाली गर्ने को हुन यी महिला ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा आईतवार काठमाडौं जिल्ला अदालतमा पुर्याइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण गाडीबाट उत्रदै गर्दा केहीले नमस्कार गरे। केहीले भने उनलाई डाका र देश वेचुवा भन्दै गाली गरेका छन्।

अदालत परिषर बाहिर रहेका सर्वसाधारणले खाँणलाई हत्कडी नलगाइएको र अनावश्यक सम्मान दिइएकोमा आक्रोश पोखेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

प्रहरीको भ्यानबाट उत्रिँदै गर्दा र अदालतबाट प्रहरी हिरासतमा जाँदै गर्दा एक जना महिलाले ‘ओइ बालकृष्णे । चोर गधा, ए देश बेचुवा । डाँका । हाम्रा नेपाली दाजुभाइलाई अरुको देशमा बेच्ने होइनस् ? ओई, पुलिस प्रशासन हत्कडी लगा । यो डाँकालाई हत्कडी लगा ।’

ती महिला को हुन भन्ने खुलेको छैन। उनलाई अन्य अपराधी र अभियुक्तसरह हत्कडी नलगाइएकोमा प्रहरी संगठनको पनि आलोचना भएको छ । म्याद थपका लागि पहिलो पटक अदालत लाँदा पनि उनको यसैगरी आलोचना भएको थियो।

कानुन ब्यवसायी स्वागत नेपालले वहसकै क्रममा विभेदन गरिएकोमा आपत्ति जनाएका थिए । उनले ठगी मुद्दामा पक्राउ परेका दुईजना रामशरण केसी र गोविन्दकुमार चौधरी हत्कडीसहित बाहिर उभिँदा पूर्व गृहमन्त्रीलाई ससम्मान इजलासमा किन राखिएको भन्दै प्रश्न उठाए।

‘नक्कली भुटानी बनेर भैंसी र जग्गा बेचेर, ऋण खोजेर यी राजनीति गर्ने र प्रशासन चलाउनेलाई घुस खुवाएर जसरी पनि विदेश जान बाध्य यी दुई युवा बाहिर छन् । यिनको पक्षमा बोल्ने यहाँ कोही छैन।’–उनले भने।

राजनीति गर्नेहरूले नेपालीलाई नक्कली भुटानी बनाएर बेचिरहेको बताए । उनले थपे–‘हामीलाई नेपालीको रूपमा बेच्ने कि नक्कली भुटानी बनाएर बेच्ने भन्ने मात्रै यिनको प्रश्न हो ।’

यता, खाँणलाई हिजो अदालत लाँदा र निकाल्दा भने केही मानिस अदालतको मूलद्वारमा उभिएर नमस्कार बजाईरहेका थिए। 

भुटानी शरणार्थी

विशेष