News

अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ ले लेख्योः बालेन्द्रको प्रभावले रास्वपा संसदको चौथो दल बन्यो

-याप गायक हुनुभन्दा अघि कवि थिए बालेन्द्र

अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ ले लेख्योः बालेन्द्रको प्रभावले रास्वपा संसदको चौथो दल बन्यो

अमेरिकाबाट प्रकाशित हुने विश्व चर्चित पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले आफनो अनलाईन संस्करणमा काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहका वारेमा समाचार बनाएको छ।

मेयर बन्नुअघि -याप गीत गाउँने बालेन्द्रका गरिबी र गलत राजनीतिक संस्कार विरुद्धका गीतले युवाहरू उनी प्रति आकर्षित भएको पत्रिकाले लेखेको छ। 

-यापरको रूपमा पाएको लोकप्रियता र स्ट्रक्चरल इन्जिनियरको रूपमा हासिल गरेको अनुभवको उपयोग गर्दै उनी राजनीतिमा आएको वताएको उक्त पत्रिकाले बालेन्द्रको ब्यक्तित्वका विषयमा पनि चर्चा गरेको छ।

ब्ल्याक–अन–ब्ल्याक ब्लेजर र जिन्स, सानो र वर्गाकार कालो सनग्लाससँगै नेपालको झण्डा बोकेर चुनावी प्रचारमा देखा परेका बालेन्द्रको राष्ट्रिय झण्डाको अनादर गरेको विषयमा निर्वाचन आयोगले प्रश्नसमेत उठाएको समाचारमा उल्लेख छ।

वर्षौदेखि सत्तामा हालिमुहाली गरेका पुराना राजनीतिक दललाई अस्विकार गर्दै स्वतन्त्र रुपमा चुनाव लडेका ३३ वर्षिय नवआगन्तुक राजनीतिज्ञ बालेन्द्रले आफ्ना दुई प्रतिद्वन्द्वीलाई भारी मतान्तरले हराएको समाचारमा उल्लेख छ।

बालेन्द्रको प्रभाव राष्ट्रिय राजनीतिमा पनि परेको र संसदीय निर्वाचन अघि खुलेको नयाँ दल (रास्वपा) संसदमा चौथो ठूलो शक्तिका रुपमा उदय भएको न्यूयोर्क टाईन्सले लेखेको छ।

समाचार अनुसार आयुर्वेदिक डाक्टर र गृहिणीका छोरा बालेन्द्र सुरुमा कविता लेख्थे । तर नेपालमा हाई–स्पीड इन्टरनेट पुगेपछि उनले -याप गीत रचना गर्न थाले। उनी अमेरिकी -यापरहरूबाट प्ररित रहेको समाचारमा उल्लेख छ। 

काठमाडौंमा गएको भूकम्पमा ८,७०२ जनाको ज्यान गएको र करिब ३.८ बिलियन डलरको क्षति भएको बेला बालेन्द्र र उनको टिमले २,५०० घरहरूको पुनर्निर्माणमा काम गरेको जनाईएको छ भने यही घट्नाबाट उनले राजनीतिमा प्रवेश गर्ने अठोट गरेको उल्लेख गरिएको छ।

सफा पानी, राम्रो सडक, भरपर्दो बिजुली र राम्रो ढल व्यवस्थापनको बाचा गरेका पदभार ग्रहण गरेदेखि स्थानीय स्वास्थ्य क्लिनिकहरू खोलेको र उच्च माध्यमिक विद्यालयहरूलाई व्यावसायिक तालिम विस्तार गर्न र निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन पैसा दिन थालेको जनाईएको छ।

तर, धेरै योजनाहरु उनले अझै पनि कार्यान्वयन हुन सकेको छैन । काठमाडौंमा पिउने पानीको हाहाकारछ। संसारको सबैभन्दा वर्षा हुने राजधानीहरू मध्ये एक हो काठमाण्डौ, तर जहाँ अधिकांश मानिसहरू ट्रकको पानीमा निर्भर छन्। 

तर उनले विवादकै बीचमा पनि अनुमति बिना निर्माण गरिएका व्यावसायिक र आवासीय भवनहरु भत्काएका छन्। काठमाडौंलाई कंक्रीटको जङ्गल भन्ने उनी अहिलेको अवस्थालाई सच्याउन सक्नेमा विश्वस्त छन् । 

आलोचना
काठमाडौंको ट्राफिक ब्यवस्थापनका नाममा गरीब ब्यापारीप्रती गरिएको ब्यवहारका कारण भने बालेन्द्र आलोचित छन्। सडक ब्यापारीको ठुला उठाउने, जवरजस्ती गरेर सामान नास गर्ने, सुकुम्वासीका झुप्रा भत्काउने लगायतका विषयमा उनको आलोचना भएको छ।

बालेन्द्रका सल्लाहकार एवम् नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले समेत ‘विकल्प नदिई प्रहरी प्रयोग गरेर जनतालाई हटाउनु सहि बाटो नभएको’ प्रतिक्रिया दिएका छन् । 

बालेन्द्र साह

विशेष