News

प्रहरी हिरासतमा रायमाझी, खाँण र पाण्डेलाई ज्वाईको मेजमान, एसी र एट्याच बाथरुमको सुविधा

लामखुट्टे पड्काउँदै चिसो भुईँमा संघर्ष गर्दैछन् ११ अभियुक्त

प्रहरी हिरासतमा रायमाझी, खाँण र पाण्डेलाई ज्वाईको मेजमान, एसी र एट्याच बाथरुमको सुविधा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आईतवार काठमाडौं जिल्ला अदालतमा पुर्याउँदा सर्वसाधारणले विरोध गरे। उनलाई हतकडी नलगाएको सर्वसाधारणको आक्रोश छ।

अदालत परिषर बाहिर रहेका सर्वसाधारणले खाँणलाई हत्कडी नलगाइएको र अनावश्यक सम्मान दिइएकोमा आक्रोश पोखे। ‘ओई, पुलिस प्रशासन हत्कडी लगा । यो डाँकालाई हत्कडी लगा ।’ भन्दै एक महिलाले खाँणलाई देश वेचुवा र डाका भन्दै गाली पनि गरिन।

म्याद थपका लागि पहिलो पटक अदालत लाँदा पनि उनको यसैगरी आलोचना भएको थियो। एकै प्रकरणमा पक्राउ परेका रामशरण केसी र गोविन्दकुमार चौधरीलाई हत्कडीसहित बाहिर उभ्याईएको थियो भने खाँणलाई सम्मानपूर्वक भित्र लगेर वसाईएको थियो।

यो देखेपछि स्वागत नेपालले समय लिएरै वहस गरेर प्रहरीले गरेको विभेदको विरोध गरे। खाँण मात्र होईन, पुर्वउपप्रधानमन्त्री टोपवहादुर रायमाझीको विषयमा पनि सर्वसाधारणले विरोध गरे। हटकडी नलगाएकोमा उनी विरुद्ध नारावाजी भएको थियो।

तर, विभेद यतिमा मात्रै सिमित छैन। पैहरीले रायमाझी, खाँण र सचिव टेकनारायण पाण्डेलाई ज्वाई सरहको सुविधा दिएर राखेको छ। अपराधको प्रकृति एउटै भए पनि सर्वसाधारण र उनीहरुले पाउने सुविधा फरक छ।

पक्राउ परेका अन्य ११ जना लामखुट्टे पड्काउँदै चिसो भुईँमा संघर्ष गरिरहेका छन् भने रायमाझी, खाँण र पाण्डेलाई ‘डिलक्स रुममा’ राखिएको छ। रायमाझी र खाँणलाई यसअघि, डीएसपी बस्दै आएका एटेच बाथरुमसहितको कोठामा राखिएको छ। 

खाणलाई डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा राखिएको छ। टेबुल–कुर्सी हटाएर सुत्ने खाटको व्यवस्था गरिएको छ भने कोठामा सोफाको समेत व्यवस्था छ। उनी एक्लैका लागि टेलिभिजनसहितको व्यवस्था छ। ओढ्ने–ओछ्याउने र खाना घरबाट पुर्याईन्छ। भेटघाटका लागि सुविधा छ।

रायमाझीलाई झन खाणलाई भन्दा विशेष सुविधा छ। उनको कोठा खाणको भन्दा फराकिलो र राम्रो छ। प्रयोग गर्ने शौचालय र बाथरुम सुविधाजनक र सफा छ। उनको पनि ओढ्ने, ओछ्याउने र घरबाटै आउँछ। टीभीको ब्यवस्था छ।

तत्कालीन सभामुख एवं माओवादी नेता महरालाई राखिएको हिरासतको पनि विशेष कक्षमा सचिव पाण्डे छन। निजामती कर्मचारीतर्फ विशिष्ट श्रेणीका ब्यक्ति भएकाले उनलाई पनि भिआईपीको सुविधा उपलब्ध छ। 

यसरी एउटै मुद्दाका अभियुक्तलाई पनि फरक फरक ब्यवहार गरिएको विषयमा प्रहरी भने स्वास्थ्य र सुरक्षाका कारण देखाउँछ। प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले स्वास्थ्य र सुरक्षाका कारण उनीहरुलाई केही विशेष प्रबन्ध गरिएको बताए।

भुटानी शरणार्थी

विशेष