News

हिरासतमा रहेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा कसरी लाग्यो गम्भिर चोट

हिरासतमा रहेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा कसरी लाग्यो गम्भिर चोट

नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा प्रहरी हिरासतमै गम्भिर चोट लागेको छ। 

प्रहरी परिसर काठमाडौंको हिरासतम रहेका शेर्पाको टाउकामा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगीएको थियो। उनलाई अहिले फेरी हिरासतमै फर्काइएको प्रहरीले जनाएको छ। 

प्रहरीको नियन्त्रणमा रहेका उनलाई कसरी चोट लाग्यो भन्ने प्रहरीले खुलाएको छैन। भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो।

त्यसपछि फरार भएका शेर्पा सोमवार साँझ पक्राउ परेका हुन। हिरासतमा रहेका अभियुक्तसँग भेटेर उनले कांग्रेस नेता बालकृष्ण खाँणको नाम नलिन दवाव दिएको सूचना वाहिर आएपछि उनी प्रहरीको निगरानीमा थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्।

विशेष