News

बोक्सीले ७ घर छोडेर मात्रै आक्रमण गर्छ भन्दै छोरालाई आफुले नडामेको आरजुको दावी

बोक्सीले ७ घर छोडेर मात्रै आक्रमण गर्छ भन्दै छोरालाई आफुले नडामेको आरजुको दावी

राज्यले बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ कार्यान्वयनमा ल्याएर बोक्सीको नाममा हुने अमानविय ब्यवहारलाई निरुत्साहित गरिरहेको छ। हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी चेतना जगाउने काम पनि गरिरहेको छ। 

तर, राज्यको नेतृत्व तहमा रहेकाहरुले नै यसलाई प्रोत्साहन गरिरहेको पनि पाईन्छ। उनीहरुको वोली र ब्यवहारले साँच्चै वोक्सीको उपस्थिती अहिले पनि समाजमा छ भनेर भ्रम सृजना गर्ने गरेको छ। पछिल्लो पटक नेपाली कांग्रेसकी सांसद तथा सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाले यस्तै भ्रम श्रृजना गर्ने काम गरेकी छिन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागेपछि राष्ट्रिय टेलिभिजनहरुमा अन्तर्वार्ता दिदै हिडिरहेकी आरजुले एउटा टेलीभिजनलाई अन्तर्वार्ता दिने क्रमममा ‘बोक्सीले पनि सात घर छोड्छ नी होईन...?’ भन्दै अभिब्यक्ति दिएकी छिन्। अभिब्यक्ति सुन्दा बोक्सीका सवै नियम कानुन उनलाई थाहा छ झै लाग्छ।

श्रीमान पदमा रहेको वेला राज्यको स्रोत साधनबाट अनुचित लाभ लिएको विषयमा प्रस्तोताले आमालाई राजदुत वनाएको, भाईलाई ठेक्कापट्टामा संलग्न गराएको र छोरा जयविरको ब्यवसायलाई फाईदा पुग्नेगरी सनिटरी प्याडमा कर छुट गराएको बताएपछि आरजुले यस्तो अभिब्यक्ति दिएकी हुन।

जयविरलाई आफुले सानैदेखि राम्रो संस्कार दिएको उनले वताईन। गलत काममा संलग्न गराएर छोरालाई विगार्ने पक्षमा नरहेको कुरालाई थप पुष्टि गर्न उनले बोक्सीको उदाहरण दिएकी हुन। वोक्सीले पनि आफनो र छिमेकी छुट्याएर मात्रै आक्रमण गर्ने गरेको उनको भनाईबाट प्रष्ट वुझिन्छ।

नेतृत्व तहमा रहेकाहरुले नै यसरी वोक्सीको प्रचार प्रसार गर्न थालेपछि समाजमा कस्तो असर पर्ला भन्ने आम चासो छ। नेपाली समाजमा युगौदेखि बोक्सा÷वोक्सीका नाममा मानिसलाई डर र त्रासमा राख्ने गरिएको छ। कतिपय महीलालाई वोक्सीको नाममा अपहेलना, त्रास र यातना दिने गरिएको छ भने कतिपय महिलाको वोक्सीकै आरोपमा ज्यानै गएको छ।

खासगरी वोक्सीका नाममा महिलाहरुलाई अमानविय ब्यवहार गर्ने प्रचलन तराईका जिल्लामा अलि वढि छ। वोक्सीका नाममा छोराले आमा, छिमेकीले छिमेकी र ससुराले वुहारीको पनि हत्या गरेको पाईन्छ। अपवाद वाहेक वोक्सीको नाममा पीडित हुने अधिकांश महिला हुन्छन्। कहिले संस्कृतिका नामवाट, कहिले गरिव हुनुका कारणवाट, कहिले महिला हुनुकै कारणवाट विभिन्न खाले विभेदवाट हिंसाको शिकार बन्न परिरहेको छ ।

कतै मानसिक यातना र कतै शारिरिक यातना भोग्दै मर्नु परिरहेको छ । वोक्सीले हेर्दै खेरि विरामी हुन्छ, भेदेर विरामी गराउँछन, राम्रा बच्चाहरु वोक्सीले देखे नजर लाग्छ, वोक्सी हिडेको वाटोमा छायाँ लाग्छ, वोक्सीले हेरे सेल पकाउन लागेको बिग्रिन्छ, गाई भैसीले दुध दिन्न भनेर अझै पनि गाँउघरमा भन्ने गरिन्छ । यस्ता आरोपहरु अधिकांश गरिवीको मार सहिरहेका, अनुहार नराम्रो, दाँत नराम्रो भएका, श्रीमान मरेर एकल जीवन विताइरहेका महिलालाई लगाउने गरिएको छ।

भुटानी शरणार्थी

विशेष