News

मन्त्री किरातीको गुनासोः मन्त्री अरुले नै चलायो, म शोकेशको मान्छे जस्तै भएँ

मन्त्री किरातीको गुनासोः मन्त्री अरुले नै चलायो, म शोकेशको मान्छे जस्तै भएँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद र सरकार अरूले चलाएको र आफु चै शोकेशको मान्छे जस्तै भएको गुनासो गरेका छन्।

मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मन्त्री अरूले नै चलाउने भएकाले आफू भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो गरे। 

‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ। हामी त डमी मात्रै रहेछौं। अरूले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं। मलाई लागेको कुरा यो हो’ उनले भने–‘हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ। संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु प¥यो। चासो गरिदिनु प¥यो। तपाईंहरूले बोलिदिनु पर्यो। अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ।’

उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई आग्रह गरे। संसदमा बल दिएमात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ थियो। 

किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेश गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराए। किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको तर्क समेत गरे।

विशेष