News

चुनाबताका डेरा बसेको कोठाको भाडा नतिरी सागर ढकाल टाप !

चुनाबताका डेरा बसेको कोठाको भाडा नतिरी सागर ढकाल टाप !

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग मंसिर ४ गतेको चुनाव लडेर पराजित भएका सागर ढकाल बास वसेको घरको भाडा नै नतिरी टाप कसेका छन्। प्रतिनिधिसभा निर्वाचनका बेलादेखि उनले डडेलधुराको अमरगढी नगरपालिका–५, विद्युत् रोडमा कोठा भाडा लिएका थिए।

मासिक ३ हजारका दरले कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरी सम्पर्कविहिन भएको घरधनी सीतादेवी भाटले बताइन्। कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन भएको उनको भनाई छ।

सुरुको तीन महिना ९ हजार भाडा वुझाएपनि त्यसपछि कुरै नगरेको उनले गुनासो गरिन। ‘भाडा तिर्न आएका छैनन्। उनी विदेशमा काम गर्न गएको उनको साथीहरू भन्छन्’ भाटले भनिन्–‘पैसा पनि पठाएका छैनन्।’

भाडा नपाएपछि आफु प्रहरीकोमा जाने तयारीमा रहेको उनको भनाई छ। सागर ढकालका भाइ जनक ढकालका अनुसार अहिले उनी दुई महिनादेखि साउथ सुडानमा छन्। सागर मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस सभापति समेत रहेका देउवासँग पराजित भएका थिए। देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए।

बीबीसी मिडिया एक्सनको साझा सवाल कार्यक्रममा केही वर्षअघि देउवालाई तिखो प्रश्न गरेरै चर्चामा आएका ढकाल विदेशमा इन्जिनियरिङ सकेर देउवाविरुद्धै चुनाव लड्न आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गरेका थिए। त्यसपछि देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुन्छ’ भनेर थर्काए।

त्यसपछि सागर ढकाल निरन्तर चर्चामै छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे।
उनले भारतको बैंगलुरू गएरस्वामी विवेकानन्द इन्स्टिच्युटमा योगाको तालिम लिए र अफ्रिकी मुलुक सुडान पुगे। इथियोपियाको द्वन्द्वबाट पीडित भएर शरणार्थीका रूपमा इथियोपिया आउनेहरूलाई स्वच्छ पिउने पानी र अरू सरसफाइको व्यवस्था गर्ने कामका लागि आफुहरु त्यहाँ रहेको उनी वताउँछन्।
 

सागर ढकाल

विशेष