News

राप्रपाको घोषणाः सरकारी कर्मचारीको संगठन बनाउँदैनौं

राप्रपाको घोषणाः सरकारी कर्मचारीको संगठन बनाउँदैनौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारी कर्मचारीका संगठन नबनाउने जनाएको छ। निजामती कर्मचारीको हिताधिकारका नाममा कांग्रेस, एमाले, माओवादी निकट कर्मचारी संघ–संगठनका पदाधिकारी ब्यक्तिगत स्वार्थमा लागिरहेका वेला राप्रपाले यस्तो घोषणा गरेको हो।

जेठ १ देखि ३ जेठसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णयसमेत गरेको छ। प्रवक्ता सगुनसुन्दर लावतीले भने– ‘सरकारी तलब खाने कर्मचारीको संगठन नबनाउने निर्णय भएको छ।’

राप्रपाले देशमा विद्यमान संकटलाई निकास दिन सबै राजनीतिक दल र शक्तिलाई संवादमा आउन सुझाएको छ भने पार्टी संसदीय दलको विधान र यसअघिका कार्यसम्पादन समिति बैठकका निर्णय पनि पारित गरेको छ।
 

विशेष