News

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाईले चारदिन नेपालमा के के गरे ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाईले चारदिन नेपालमा के के गरे ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाई एवम् विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदी नेपालको चारदिने गोप्य भ्रमण सकेर मंगलवार स्वदेश फिर्ता भएका छन्।

७१ वषिय मोदी उच्च राजनीतिक भेटभाट गरेर स्वदेश फिर्ता भएको स्रोतले जनाएको छ। उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, सांसद प्रदीप पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेता प्रेम आले, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेको जनाईएको छ।

भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्रीको निम्तो कुरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भने मोदीलाई भेट्न मानेनन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भने उनले क्वाटरमै गएर भेट गरेको जनाईएको छ।

यद्यपी उनले हिन्दुस्तानको सामान्य नागरिक सरह नेपाल घुम्न आएको प्रतिक्रिया दिएका छन्।
 

विशेष