News

भुटानी शरणार्थी प्रकरणमा सवैभन्दा वढि पैसा वुझने बालदका सुरक्षा सल्लाहकार

कस्ले कस्ले कति पाए, यस्तो छ हिसाव

भुटानी शरणार्थी प्रकरणमा सवैभन्दा वढि पैसा वुझने बालदका सुरक्षा सल्लाहकार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनाको वयान सकिएको छ। प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान भने लगातार १० घण्टासम्म लिएर सिद्याएको हो।

मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले विहान ११ वजेदेखि राति साढे ९ बजेसम्म उनको वयान लिएको हो। खाणको बयान सोमबार नै सुरू भएको थियो । तर, उनले पेट दुख्यो भन्दै डेढ घन्टा मात्रै बयान दिएका थिए। सोही वयानलाई निरन्तरता दिएर मंगलवार सकिएको हो।

खाँणले विचौलियाबाट खाणले १ करोड २३ लाख ५० हजार लिएको प्रहरीले प्रमाण जुटाएको छ। भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि उनले लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ। उक्त रकम निजी सहायक नरेन्द्र केसीमार्फत् फिर्ता भएको हो।

गिरोहका सदस्यले खाणको लिएपछि आफूले लिएको रकम फिर्ता गर्ने र भविष्यमा उनीहरूले आफ्नो नाम नलिने भन्दै उनले पैसा फिर्ता गरेको प्रहरीको दावी छ। त्यसपछि गिरोहका सदस्यको बयानबाट प्रहरीले नै खाँणको नाम हटाएको पनि पाईएको छ। तर, सानु भण्डारीले वयान फेरीए आत्मदाह गर्ने चेतावनी पछि खाँण अनुशन्धानमा तनिएका हुन।

यता, खाँणले पेट दुख्यो भनेपछि सोमवार सांसद टोपबहादुर रायमाझीको बयान भएको थियो। रायमाझीले साढे ५ घण्टा बयान दिएका थिए। यो प्रकरणमा विचौलियाबाट सवैभन्दा वढि पैसा लिने रायमाझी दोस्रो ब्यक्ति हुन। उनले ३ करोड लिएको प्रमाण प्रहरीसँग छ। रायमाझीसहित यो प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको र पूर्वसभासद आङटावा शेर्पाको बयान बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसूरमा गरिरहेको छ। चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ। अबको एक हप्तामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्नेछ।

यस प्रकरणमा इन्द्रजितका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको छ। गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि अनुसन्धानको घेरामा छन । स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि अहिले सम्पर्कविहीन छन ।

प्रहरीका अनुसार हालसम्म २४ करोडभन्दा बढी रकमको कारोवार भएको प्रमाण फेला परेको छ भने १ अर्बभन्दा बढी असुली भएको अनुमान प्रहरीले गरेको छ। १ सय ८ जनाले उजुरी दिएका छन्। 

यो प्रकरणमा गिरोहबाट सबैभन्दा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार राई छन्। उनले ५ करोडभन्दा बढी नगद बुझेको तथ्य प्रहरीले संकलन गरेको छ । खाँणका स्वकीय सचिव केसीले ५ लाख, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले ५० लाख र बादलका छोरा प्रतीकले १ करोड बुझेको प्रमाण भेटिएको उच्च प्रहरी स्रोतले जनाएको छ । 

भुटानी शरणार्थी

विशेष