७ लाख लिएको आरोप लागेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो।
केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।
यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित १५ जना पक्राउ परिसकेका छन् ।